संस्थाको परिचय

“करलिम कल्याण कोष” नामक संस्थाको स्थापनाको इतिहासमा रहेको तथ्य अनुसार सहयोगको संस्कारमा हुर्किएका, सामुदायिक एकतामा विश्वास गर्दै आफ्नो दुःख र श्रममा बगेका पसिनालाई असहाय र असक्तको सहयोगमा पनी अझै बग्न दिनपर्छ भन्ने मान्यता अनुरुपको संस्कार सिकेका करलिमबासीहरुको एक एकबद्ध समुहले मिति २०७८ साल साउन १६ गते सम्पूर्ण अविभावकहरु भेला गरि साधारण बैठक बसि छलफल गरिएको र मिति २०७८ साल साउन ३ गते जूम मिटिङ मार्फत विशेष बैठक बसि सो बैठकको निर्णय अनुसार एस सहयोगी संस्थाको स्थापना मिति २०७८ साल साउन १८ गते तदर्थ सिमिति गठन गरि आवश्यक प्रकृया पुरा गरि आवश्यक प्रबन्ध पत्र र नियमावली तयार गरि नेपाल सरकारको संस्था दर्ता नियमाबली बमोजिम मिति २०७८/०६/२० मा जिल्ला प्रशासन कार्यालय बाग्लुङमा “करलिम कल्याण कोष” नाममा र्दता भई संचालनमा आएको एक परोपकारी संस्था हो । यस संस्थाको इ र स्थयी लेखा नं. ६१८६९८५८३ रहेको छ । यस संस्थाको मुख्य कार्यालय काठेखोला—५, कलिम, बाग्लुङमा रहेको छ र हाल सम्म कुनै स्थानमा यसको आधिकरिक शाखा कार्यालय खुलेको र संचालनमा आएको छैन ।

संस्थाको उदेश्य

हाम्रो देश नेपालको भौगोलिक अवस्था, दिन प्रतिदिन ओर्लदो सामाजिक परिवेश, नेपाल अधिराज्यको राजनितिक अस्थिरता, कहाली लाग्दो आर्थिक अवस्था र गुणस्तरहिन शैक्षिक अवस्थाका कारण राज्यका लगभग दश लाख बालबालिकहरु असयाय छन् । (UNICEF) यि बालबालिकाहरुको खानपिन, बसोबास र शिक्षा तथा लत्ताकपडाको अभावमा छट्पटाई रहेका छन् । आर्थिक अभावका कारण यि बालबालकिाहरु आफ्नो नैसगिंक अधिकारहरु गुमाई रहेका छन । लत्ता कपडा, खानपिन र औषधिको अभावमा पिडादायक जिवन यापन गर्न बाध्य रहेको कुरा हामी सबैमा यथावत् भएको कुरा हो । आजको यस युगमा पनि यसरी राज्यकै जनशक्ति रुपमा खडा हुन सक्ने बालबालिकाहरुको यो अवस्था हुनु दुर्भाग्यपूर्ण छ । राज्यभरिका यस्तै गरिबिको रेखामुनी रहेका र विभिन्न कारणले अभिभावक विहिन बन्न पुगेका बालबालिकाहरुको आवस, शिक्षा र जिवनउपयोगी शिपको विकासमा सहयोग पुर्याउनु यस संस्थाको उदेश्य रहेको छ । नेपाल अधिराज्यका विभिन्न स्थानमा दुःखद अवस्थाम रहि शिक्षा विहिन रहेका बालबालिकाहरुको खानपिन, आवस र शिक्षाको सुनितत्ता गरि राज्यको सक्षम जनशक्ति रुपमा खडा गराउने यस संस्थाको उदेश्यलाई प्राप्तप्का लागि यस संस्था सदैव लागिरहने छ ।

संस्थाले गरेका अन्य कार्यहरु

करलिम आधारभुत विद्यालयमा शैक्षिक वातावरण तयार गर्नका लागि र आवसिय बालबालिकाहरुको सर्वागिण विकासका लगि संस्थाले प्राविधिक सहयोगको खा्ेजी गर्न थाल्यो । यसै क्रममा विगत लामो समय देखि बालबालिकाको शिक्षा र शिप विकास सम्बन्धमा काम गरिरहेको संस्था ‘कान्तिपुर चाइल्ड डेभलम्मेण्ट कम्युनिटि’ टोखा–३, काठमाडौं सँग कात्तिक महिना देखि शुरु हुने गरि २ बर्बिय संझौताका साथ सहकार्य गर्न थाल्यो र जस्को उदेश्य करलिम आधारभुत विद्यालयलाई गुणस्तिय शैक्षिक संस्थाको रुपमा वातावरण तयार गर्नु हो र आवसिय बालबालिकाहरुको व्यवस्थापनमा उचित ध्यान पुर्याउनु हो । यसै अनुरुप ‘कान्तिपुर चाइल्ड डेभलम्मेण्ट कम्युनिटि’ र “करलिम कल्याण कोष” को सहकार्यमा विभिन्न गतिविधिका कामहरु संचालनमा छन् । यो साझेदारी कार्यक्रम अन्र्तगत संस्थाले करलिम विद्यालय भवन रंगाउने, कक्षा कोठा प्लाष्टर गर्ने र बाल मैत्री फर्निचरहरु तयार गर्ने कार्य गयोै । यो कार्यले उराठ लाग्दो भवनले नयाँ रुप लियो , विद्यालय भित्र नयाँ र बाल मैत्री वातावरण सृजना भयो । “करलिम कल्याण कोष” र ‘कान्तिपुर चाइल्ड डेभलम्मेण्ट कम्युनिटि’ को यो सहकार्यले करलिममा शैक्षिक हलचल ल्याएको छ । हाल सम्म ४० जना बालिकाहरुको उचित संरक्षण, शिक्षा र आवास सहित उनिहरुको भावी जिवन सहितको सम्पूर्ण जिम्मेवारी बोकेको यस संस्था निरन्तर आफ्नो यात्रामा रहेको कुरा अवर्गत गराउँदछौं ।

संस्थाको प्राथमिक कार्य/योजनाहरु

करलिम कल्याण कोषले सबै भन्दा पहिलो प्राथमिकतामा परेका योजना अनुरुप नेपाल अधिराज्यका विभिन्न स्थानहरुबाट आर्थिक विपन्नतामा हुर्किन बाध्य भएका सहाराविहिन बालबालिकाहरु संकलन गरि तिनिहरुको खानपिन र आवासको व्यवस्था सहित शिक्षा प्रदान गर्नको लागि आवासिय भवन तयार गरेको छ (भाडामा) र यो आवायिय भवनमा हाल ४० जना ५ बर्ष देखि १५ बर्ष सम्मका गरिव र अभिभावक विहिन बालबालिकाहरुले आवसिय शिक्षा लिई रहेका छन् । उनिहरु औपचारिक शिक्षाको लागि आवस नजिकै रहेको कलिम आधारभुत विद्यालमा विभिन्न कक्षामा अध्यापन गराइएको छ । हाल आवसमा रहि “करलिम कल्याण कोष” बाट संरक्षित रहि अध्यन गर्ने बालबालिकाहरुको विवरण निम्न प्रकार रहेको छ ।
“करलिम कल्याण कोष” ले समुदाय र विद्यालय दुवैलाई बल पुग्ने खालको रणनिति अपनायो । उक्त रणनिति अनुसार नेपालका विकट र पिछडिएका बाजुरा, बझाँङ, अछाम र डोटी जस्ता दुर्गम जिल्लाहरुमा गई असहाय र अभिभावक विहिन, विपन्न वर्गका बालबालिकाहस्को खोजी संकलन गर्न थाल्यो। खाना पाउने, औषधीमुलो पाउँने र शिक्षाको लागि विद्यालय जान पाउने आफ्नो बालअधिकारहरुबाट वंचित भएका ४० जना बालबालिकाहरुलाई प्रथम अभियान स्वरुप करलिम ल्यायो र राज्यले गर्नु पर्ने उनिहरुको सम्पूर्ण व्यवस्थाको जिम्मा “करलिम कल्याण कोष” ले लियो । करलिम आवसको व्यवस्था गरि उनिहरुलाई खानपिन र बसोबासको व्यवस्था मिलायो र औपचारिक शिक्षाको लागि “करलिम विद्यालय” मा विभिन्न कक्षामा भर्ना गरिदियो । उनिहरुलाई साँझ बिहान रेखदेख र पढाइमा सहयोग गर्नको लागि अलग्गै शिक्षकहरुको व्यवस्था गरियो । करलिम कल्याण कोषको यो अभियानले करलिम विद्यालयमा विद्यार्थीको संख्या वृद्धि भयो भने अर्को तिर समुदायमा समेत परोपकारी भावना विकास भयो । परोपकारी मनहरुको सानो तिनो सहयोगबाट जुटेको न्युन रकमले “करलिम कल्याण कोष” ले ४० जना बालबालिहरुको खानपिन, शिक्षा, स्वास्थ्य र दैनिकीलाई ध्यान पुयाउँदै आएको छ र हाल सम्मको अवस्था येनकृन अगाडी बढिरहेको छ । असहाय बालबालिकाहरुको अनुहारबाट बाटो लागिसकेको हर्ष र उमंग फर्काउनको लागि संस्थाले जुन हिम्मत गरिरहेको छ र आनो उदेश्य अनुरुपको सेवात्मक कार्य पूर्तिको लागि कुनै पनि पक्षमा पछि नहट्ने संस्थाको अडान छ । “आजका बालबालिका नै भोलिका समाजका अगुवा हुन’ भन्ने विश्वव्इापी सिद्धान्तका आधारमा बालबालिकाको हेरचाह गर्नु, संरक्षण दिनु र उचित शिक्षा र स्वास्थ्य सेवा उपलब्धीको लागि समुचित व्यवस्था मिलाउनु हाम्रो मानविय कर्तब्य हो ।

अब तय गर्नु पर्ने अगाडिको यात्रा

भर्खर जन्मिएको संस्थाले हाल सम्म असहाय र गरिब बालकालिकाहरुको लागि जे जति गरिरहेको छ आफ्नो क्षमताको आधारमा गरिरहेको छ । मासिक रु. ३ लाखको खर्च धान्नलाई संस्था सँग आर्थिक अभाव देखिएको छ र केहि नगरी नहुने भावी योजनाहरु समेत अलपत्रमा पर्ने अवस्था सृजना हुन लागिरहेको छ । खर्च धान्न नसक्ने परिस्थिति आएपछि कतै यि बालबालिकाहरुलाई पुनः पुरानै अन्धकारको संसारमा फर्काउनु पर्ने बाध्यता आउने त हैन भन्ने आशंकाको वातावरण सृजना हुदैछ । सहयोगी र परोपकारी व्यक्तिहरुको सहयोगबाट जुटेको रकमले आज सम्मको खर्च चल्यो र अब के गर्ने भन्ने प्रश्नले संस्थालाई निकै अप्ठेरो परिस्थितिको सामना गर्न परिरहेको छ । तर्सथ असहाय बालबालिकाहरुको जिवन रक्षार्थ पनि कै त कतै दाताहरुसँग गुहार माग्नुपर्ने परस्थितिमा संस्था छ ।

सहयोगको लागि बैंक खाता विवरण

ग्लोबल आइएमई बैक लि.

गल्काेट शाखा

खाताको नामः
करलिम कल्याण काेष
खाता नम्बरः
०९४-०१०-१००-०६५-६९ 

लक्ष्मी बैक लि.

बागलुङ शाखा

खाताको नामः 
करलिम कल्याण काेष
खाता नम्बरः
०५८-११०-०११-२१

हामीलाई सम्पर्क गर्नुहोस्

[wpforms id=”239″]