








धौलागिरीको काखमा अबस्थित रहेको बाग्लुङ जिल्ला सदरमुकाम देखी २५ किलोमिटर पश्चिममा रहेको रामकोट धामलाइ केन्द्रमा राखि अबस्थित बिहुकोट बिहुकोटको उत्तरीभेगमा अबस्थित करलिममा जन्म भई आफनो बाल्यकालको शिक्षा दिक्षा सोही ठाउमा लिइ धरको परिवेष,परिस्थिती ले बिदेशको बिभिन्न भुमीमा प्रदेशिन पुगेका युबाहरूले आफ्नो जन्मभुमी लाई माया र सद्भाब समाजलाई कसरी रूपान्तर गर्न सकिन्छ भन्ने कुराले सधै पिरोलि रेहेको परिप्रेक्षमा शिक्षा र उच्च नैतिकता बिना समाज परिबर्तनको नहुने निष्कर्षमा पुगी हामी बनाउछौ हाम्रो गाउँ र हाम्रै पालामा भनी समाजका प्रतिष्ठित ब्यक्तित्व सफल ब्यसायी ज्यु हरूको सुझाब सल्लाह आर्थिक सहयोग एबम सक्रियता का साथ लक्षमण दत्त सुबेदी को परिकल्पनामा करलिम कल्याण कोषको स्थापना २०७८ सालमामा काठेखोला-५ करलिम, बागलुङमा गरिएको थियो यस संस्था मुनाफा रहित विशुद्ध समाजिक साथै समाज परिबर्तनका लागि गरिबि, अभिभाबक बिहिनताका कारण तथा अन्य अवस्थाले शिक्षाको उपयुक्त वातावरण नपाई भविष्य अन्धकार तर्फ धकेलिरहेका बालबालिकाहरूलाइ उपयुक्त वातावरण मिलाई अगाडी बढने पवित्र उद्देश्यले २०७८ साल भाद्र १ गते देखी देशका बिभिन्न ठाउबाट बालबालिका हरूको खोजी गरी विभिन्न जिल्लाबाट ४० जना बालबालिकाहरूलाइ सकलन गरी काठेखोला-५बिहूकोट करलिम, बागलुङ मा आवासिय सुबिधा सहित सोही स्थानमा रहेको श्री करलिम आधारभुत बिधालयमा शिक्षा व्यवस्था मिलाई अगाडि बढी रहेको परिप्रेक्ष्यमा हाल सम्म आई पुग्दा ५० जना बाबुनानी हरूले सुविधा लिई रहनु भएको छ।
बाबूनानीहरूको लागी दैनीक कार्य गर्नको लागि दुई जाना स्थायी कर्मचारी रहनु भएको छ यहाँसम्म आईपुग्दा हामीलाई काठेखोला गाउँपालिका र सोही गाउँपलिकाको वार्ड -५ गन्डकी प्रदेश ,रोटरी क्लव तथा अन्य संघ संस्था साथै विभिन्न तह र तप्काका सामाजिक बेक्तित्वहरूको सहयोग एवं आफ्नो जन्मदिन विवाह उत्सव ,धार्मिक्अनुष्ठान पित्रीकार्यहरुमा खुला मनले गरीएको नगद र जिन्सी सहयोग बाट नै आजसम्मको यात्रा तय भएको छ ।
ग्लोबल आइएमई बैक लि.
गल्काेट शाखा
खाताको नामः
करलिम कल्याण काेष
खाता नम्बरः
०९४-०१०-१००-०६५-६९
लक्ष्मी बैक लि.
बागलुङ शाखा
खाताको नामः
करलिम कल्याण काेष
खाता नम्बरः
०५८-११०-०११-२१
[wpforms id=”239″]