बिधार्थिको उज्वल भविष्यको कामना सहित यस संस्थाका संरक्षक आदरणीय ब्यक्तित्व श्री दिपक सुबेदीज्युले जापानमा आफ्नो व्यवसायिक कंम्पनिको १९ औ स्थापना दिवसको उपलक्ष्यमा दिपवेफाउन्डेसनका तर्फवाट रू. २,८५,००० नेपाली रुपैयाँ बराबरको १०,००० थान कपी प्रदान गर्नु भएको।

यस संस्था का संरक्षक अति बिशिष्ट संस्थापक आदरणीय ब्यक्तित्ब ज्यु बाट आफ्नो जन्मदिनको पुनित अबसरमा संस्था द्वारा सन्चालित होष्टलमा स परिबार सहित उपस्थित भई प्रति बिधार्थि लाई रू १०००का दरले ४० जना बिधार्थि लाई नगद रू. ४०,००० प्रदान गरी बाल बचत गराउने बानी बिकास लाई प्रेरित गरी करलिम कल्याण कोष बाल बचत प्रारम्भ गर्नु भएको !!! 

सहयोग रकम : १,००,०००

संस्था

बाग्लुङ समाज जापान


समस्त जापानमा रहनुभएका बाग्लुङ वासीहरु 

सहयोग रकम : २०,५००

संस्था

भान्सा सेवा समाज जापान


समस्त जापानमा रहनुभएका भान्सेली वासीहरु
 
 
 
 

२०७८/७९ र २०७९/८० मा २८ जना विध्यार्थिलाइ झोला र स्टेसनरी 

संस्था

BYC वाग्लुङ्ग


समस्त बि बाई सि शुभ चिन्तकहरू

२०७९ /८० मा  ३५ थान झोला

संस्था

जापान समाज विहुकोट


समस्त जापान समाज बिहुकोट शुभ चिन्तकहरू

यस कारलिम कल्याण कोषका परिकल्पनाकार श्री लक्ष्मणदत्त सुवेदी ज्यूले जापानमा स्थित Sunrose Shinagawa मा राखिएको Donation Box बाट 2022/03/02 देखि 2022/12/31 गते सम्म जम्मा भएको रकम रु. २१,००० यस सस्थाको बैक एकाउन्ट मा जम्मा गराउनु भएको 

सहयोग रकम: ५०,००० 

संस्था

अर्लाङकोट सेवा समाज जापान


समस्त अर्लाङकोट समाज जापान शुभ चिन्तकहरू 

करलिम कल्याण कोषमा सरकारी तथा गैर सरकारी तर्फबाट हाल सम्म भएको सहयोग विवरण:

काठेखोला गाउपालिका आ.व. २०७८/०७९

आ.व. २०७८/०७९ मा काठेखोला गाउँपालिका ५ नं वडा कार्यालयबाट वार्ड बजेट बिनियोजन मार्फत रु. १,००,००० साथै आ.व. २०७८/०७९ काठेखोला गाउँपालिका आदरणीय अध्यक्ष श्री अमर थापा ज्युको तोक आदेशमा मार्फत रू. १,५०,००० गरी जम्मा रू. २,५०,००० मा आवास परिसरमा तारवार निर्माण सम्पन्न गरिएको ।

सामाजिक विकास कार्यालय बागलुङ आ.व. २०७९/०८० 

आ.व. २०७९/०८० मा सामाजिक विकास कार्यालय बागलुङबाट ततकालिन आदरणीय गण्डकी प्रदेश सरकार का उधोग,पर्यटन, बन तथा बाताबरण मन्त्री श्री मणिभद शर्मा ज्युको सक्रियतामा रू. १,५०,००० उपलब्ध गराई आबासमा सोलार पाबर जडान गरी तातो पानी को ब्यबस्था मिलाईको ।

काठेखोला गाउपालिका आ.व. २०७९/०८० 

आ.व. २०७९/०८० मा काठेखोला गा.पा. वडा नं ५ को बजेट बिनियोजन अन्तर्गत रू. २५०००० साथै  सोहि आ.व. मा काठेखोला गा.पा. का आदरणीय अध्यक्ष श्री राजु थापा ज्युको तोक आदेशमा रू. ५००००० गरी जम्मा रू. ७,५०,००० मा आवास परिसरमा पठन कक्ष निर्माण गरिएको ।

योजना पाण्डे

२०७९ साल फागुन १६ गते कान्तिपुर चाईल्ड कियरका सन्चालक आदरणिय श्री भिष्म पाण्डे एवम श्रीमती धना पाण्डेको सुपुत्री कर्म भुमी क्यानेडा हुने श्री योजना पाण्डे ज्यु ले रू. ७२,००० हजार बराबर को खेलकुद सामाग्री क्यारेम्बोड ४ थान २ थान भलीबल २थान टेनिस दुई थान लुडो जम्प डोरी चेस ईत्यादी साथै लेडीज को लागी अति आबश्यक भित्री बस्त्र साथै महिनाबारी प्याड उपलब्ध गराउनु भएको।

रमा कडेल

बिधार्थिको उज्जवल भविष्यको कामना सहित काठमान्डु महाराजगञ्ज निबासी सामाजिक निष्ठाबान ब्यक्तित्व रोटरी कल्व वाग्मतीको पुर्बअध्यक्ष आदरणीय श्री रमा कडेल ज्युले आफ्ना छोरा श्री प्रबल कडेल तथा बुहारी श्री अलिसा भटराई कडेल ज्युको बैबाहीक उत्सबमा छोरा बुहारी दाम्पत्य जिबन सुखमय बितोस कामनाका साथ सो बैबाहिक शुभउपलक्ष्यार्थ रू. ६१,००० को दैनिक खाध्य सामाग्री (चामल दाल नुन तेल चिनि सोयाबिन चना बिस्कुट दालमोठ चिउरा भुजा )का साथै बाबु नानीहरूको सिलाइ कटिन्ग गर्ने सगै उनिहरूका कपडाहरू मर्मत गर्नका निम्ति ,खुट्टेसिलाई मेशिन रू ११००० को गरी टोटल रू. ७२,००० हजारको उपलब्ध गराउनु भएको ।

काठेखोला गाउपालिका आ.व. २०७९/०८० 

आ.व. २०७९/०८० मा काठेखोला गा.पा. वडा नं ५ को बजेट बिनियोजन अन्तर्गत रू. २५०००० साथै  सोहि आ.व. मा काठेखोला गा.पा. का आदरणीय अध्यक्ष श्री राजु थापा ज्यु को तोक आदेशमा रू. ५००००० गरी जम्मा रू. ७,५०,००० मा आवास परिसरमा पठन कक्ष निर्माण गरिएको ।

सहयोगको लागि बैंक खाता विवरण

ग्लोबल आइएमई बैक लि.

गल्काेट शाखा

खाताको नामः
करलिम कल्याण काेष
खाता नम्बरः
०९४-०१०-१००-०६५-६९ 

लक्ष्मी बैक लि.

बागलुङ शाखा

खाताको नामः 
करलिम कल्याण काेष
खाता नम्बरः
०५८-११०-०११-२१

हामीलाई सम्पर्क गर्नुहोस्

[wpforms id=”239″]